PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

ला लिगा : रियल मड्रिडको ७ गोल



पहिलोपोस्ट

ला लिगा : रियल मड्रिडको ७ गोल

स्पानिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा रियल मड्रिडले डेपोर्टिभा ला कुरानालाई ७-१ ले पारजित गरेको छ। घरेलु मैदान सान्टियागो बर्नाबेउमा एक गोलले पछि परेपनि रियलले पुनरागमन गर्दै फराकिलो जित हात पार्‍यो।

रियलका लागि नाचो फर्नान्डेज, गारेथ बेल र क्रिस्टियानो रोनाल्डोले दुई-दुई गोल गरे भने लुका मोडरिचले एक गोल गरे।

खेलको २३औँ मिनेटमै एड्रियन लोपेजले गोल गर्दै ला कुरानालाई पहिले अग्रता दिलाएका थिए। तर उक्त अग्रता लामो समय टिकेन। ३२औँ मिनेटमा नाचोले रियलका लागि बराबरी गोल फर्काए। त्यसपछि लयमा देखिएको रियलका लागि बेलले ४१औँ मिनेटमा गोल गर्दै पहिलो हाफमा २-१ को अग्रता दिलाए।

दोस्रो हाफमा रियलले पाँच गोल थप्यो। बेलले ५८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। त्यसको दश मिनेटपछि मोडरिचले रियलका लागि चौथो गोल गरे।

गोल गर्ने क्रम जारी रहदा रियलका लागि रोनाल्डोले ७८औँ र ८४औँ मिनेटमा गोल गरे। रियल यतिमै रोकिएन ८८औँ मिनेटमा नाचोले व्यक्तिगत दोस्रो गोल गर्दै ७-१ को फराकिलो जित दिलाए।

जितपछि १९ खेलबाट ३५ अंक जोडेको रियल अंक तालिकामा चौथो स्थानमा उक्लेको छ र तेस्रो स्थानको भ्यालेन्सियासँग अंक दूरी ५ मा झारेको। रियलले अझै भ्यालेन्सिया भन्दा १ खेल कम खेलेको छ। तर शीर्ष स्थानको बार्सिलोनाभन्दा १६ अंकले पछि छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell