PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

ला लिगा :रियल बेटिसको पोष्टमा बार्सिलोनाको पाँच गोल



पहिलोपोस्ट

ला लिगा :रियल बेटिसको पोष्टमा बार्सिलोनाको पाँच गोल

स्पानिस ला लिगामा लिग लिडर बार्सिलोनाले रियल बेटिसलाई ५-० ले पराजित गरेको छ।

घरेलु मैदान नोउक्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि लियोनल मेसी र लुइस सुवारेजले दुई दुई गोल गरे। यस्तै इभान राकिटिचले एक गोल गरे।

पाँचै गोल बर्सिलोनाले दोस्रो हाफको अन्तिम ३१ मिनेट भित्र गरेको थियो। राकिटिचले ५९औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएको खेलमा मेसीले ६४औँ र ८०औँ मिनेटमा गोल गरे भने सुवारेजले ६९औँ र ८९औँ मिनेटमा गोल गरे।

जितपछि ला  लिगाको एक्लो अपराजित टोली बार्सिलोनाले २० खेलबाट ५४ अंक जोड्दै दोस्रो स्थानको एथ्लेटिको मड्रिडमाथि ११ अंकको अग्रता बनाएको छ।

यस सिजन बार्सिलोनाले ला लिगामा १७ खेल जितेको छ भने ३ खेल बराबरी खेलेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell