PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



पहिलोपोस्ट

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जितपुर: यहाँको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिकास्थित इमिलियामा आइतबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

बुटवलबाट चन्द्रौटातर्फ जाँदै गरेको लु१ख ७४३७ नंको बसले सोही दिशातर्फ जाँदै गरेको लु१९प ४४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बुद्धभूमि नगरपालिका–१ वसन्तपुरका ४० वर्षीय चिपनारायण थारूको मृत्यु भएको हो। बसको ठक्करबाट गम्भीर घाइते भएका थारूको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा राति मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंहेका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठले जानकारी दिए।

मृतक थारू जिल्ला नापी कार्यालयमा कार्यरत कर्मचारी रहेको बताइएको छ । ठक्कर दिने चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell