PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

प्रहरीमाथि कुटपिट गर्ने दुइजना पक्राउ



पहिलोपोस्ट

प्रहरीमाथि कुटपिट गर्ने दुइजना पक्राउ

काठमाडौं प्रहरीलाई कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार राति करिव ९ बजे डिउटी सकेर घर फर्कँदै गर्दा महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत जवान शिवहरि खड्का र भाष्कर अर्याललाई अज्ञात समूहले कुटपिट गरेका थिए।

कुटपिट गरेको आरोपमा स्थानीयवासीको सहयोगमा प्रहरीले धादिङ दुवाकोटका मुकेश ढकाल र नुवाकोट कठेरीका रमेश सुन्दासलाई आइतबार राति नै पक्राउ गरेको हो। उनीहरुलाई हिरासतमा राखी अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले जानएको छ। कुटपिटको कारण खुल्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell