PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

अमेरिकामा एक नेपालीको हत्या



पहिलोपोस्ट

अमेरिकामा एक नेपालीको हत्या

अमेरिकाको ड्यालसस्थित गारल्याण्डमा रहेको ग्यास स्टेसनमा काम गर्ने एक नेपालीको हत्या भएको छ। उक्त स्टेशनमा गत शतिबार भएको लुटपाटमा मनीष पाण्डेको हत्या भएको ड्यालस न्युजले जनाएको छ।

ब्रोडवे एभेन्यूमा रहेको एक्जोन ग्यास स्टेसनमा शनिबार राति भएको लुटपाटमा उनको हत्या भएको गर्ल्यान्ड प्रहरीले जनाएको छ। उक्त ग्यास स्टेशनका मालिक कृष्ण पन्त हुन्। पन्त पाण्डेका मामा हुन्।

ग्यास स्टेशनमा लुटपाटको क्रममा प्रतिकार गर्न खोज्दा पाण्डेलाई आक्रमणकारीले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell