PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

पद्मावत रिलिज रोक्न गाडी तोडफोड, महिलाहरुको मार्चपास



पहिलोपोस्ट

पद्मावत रिलिज रोक्न गाडी तोडफोड, महिलाहरुको मार्चपास

नयाँ दिल्ली : फिल्म पद्मावत रिलिजविरुद्ध सक्रिय रहेको करनी सेनाका कार्यकर्ताले गुडगाउँमा यातायात ठप्प पारेका छन् भने नोयडामा बस तोडफोड गरेका छन्। सुरत र गुजरातका अन्य ठाउँमा निजी र सार्वजनिक गाडीमा आक्रमण गरेका छन्। लाठी सहित उत्रिएका उनीहरुले फिल्म रिलिज रोक्न सडकमा प्रदर्शन गरेका हुन्।

अहेमदावाद-उदयपुर हाइवेमा हजारौ मानिसहरु सडकमा उत्रिएका छन्। मुन्दरा – माधवी हाइवे करिब १० घन्टा आन्दोलनकारीको नियन्त्रणमा रह्यो।  

गुजरातमा त्यहाँको राज्य सरकारले हिंसामा उत्रिनेविरुद्ध कडा कारवाहीको चेतानवी दिएको छ। अहेमदावादमा मल, मल्टिप्लेक्स र कुनै पनि भवनभित्र फिल्मको विषयलाई लिएर कुनै गतिविधि भए कडा कारबाहीको चेतावनी दिएको छ।

५ सय भन्दा बढी राजपुत महिलाहरुले 'जय जुहार', 'जय भवानी' भन्दै मार्चपास गरेका छन्। महिलाहरुले सुरुमा त अग्निदाह गर्नेसमेत चेतावनी दिएका थिए तर पछि त्यसलाई स्थगित गरे। भारतको सर्वोच्च अदालतले फिल्म रिलिजमा अवरोध नगर्न फैसला सुनाइसकेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell