PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

फ्रेन्च लिग वान : इन्जुरी टाइममा गोल खाएपछि पिएसजी पराजित



पहिलोपोस्ट

फ्रेन्च लिग वान : इन्जुरी टाइममा गोल खाएपछि पिएसजी पराजित

वैकल्पिक खेलाडी मेमपिस डिपाएले इन्जुरी टाइममा गोल गरेपछि लियोनले फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई २-१ ले पराजित गर्दै अंक दूरी समेत छोट्याएको छ।

डानी अल्भ्सले दोस्रो हाफ सुरु भएको १२ मिनेटपछि रातो कार्ड पाएपछि दश खेलाडीमा झरेको पिएसजीले निर्धारित समयमसम्म लियोनलाई बराबरीमा रोकेपनि इन्जुरी टाइममा गोल खाएको हो।

त्यसअघि खेलको दोस्रो मिनेटमै नविल फकिरले फ्रिकिकमार्फत गोल गर्दै घरेलु टोली लियोनलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी टाइममा पिएसजीका लेभिन कुर्जवाले गोल गर्दै खेल बराबरी गरे।

५७औँ मिनेटमा अल्भ्सले सिधै रातो कार्ड पाएपछि पिएसजी दश खेलाडीमा झर्‍यो। त्यसको फाइदा लियोनले इन्जुरी टाइमको चौथो मिनेटमा उठायो। लियोनका लागि डिपाएले नविल फकिरको पासमा गोल गर्दै ३ अंक दिलाए। डिपाए ६८औँ मिनेटमा हाउसेन आउअरको स्थानमा मैदान प्रवेश गरेका थिए।

जितपछि दोस्रो स्थानको लियोनले शीर्ष स्थानको पिएसजीसँग अंकदूरी कम गरेको छ। जारी सिजन लिग लिडर पिएसजीको यो दोस्रो हार हो।

हारका बावजुतपनि २२ खेलबाट ५६ अंकका साथ शीर्ष स्थानमा आसिन छ भने समान खेलबाट ४८ अंक जोडेको लियोन दोस्रो स्थानमा छ।
यस्तै चौथो स्थानको मोनाको दश खेलाडीमा झरेको मेट्जलाज्ञ ३-१ ले पराजित गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell