PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

'जुमाञ्जी'को नेपाल बक्स अफिस सफलता, आइतबार गरियो विशेष सो



पहिलोपोस्ट

'जुमाञ्जी'को नेपाल बक्स अफिस सफलता, आइतबार गरियो विशेष सो

काठमाडौं: हलिउड फिल्म 'जुमाञ्जी- वेलकम टु द जंगल'ले नेपाली बक्सअफिसमा एक करोडमाथि ग्रस कलेक्सन गर्‍यो। सन् २०१८ को सुरुवातमा नेपाल प्रदर्शन भएको उक्त हलिउड फिल्मले ३ सातामा उक्त रकम कमाइ गरेको हो। आइतबार फिल्मले चौथो सातामा प्रवेश गरेसँगै विशेष सो राखियो।

फिल्मको लागि नेपाल वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टले उक्त सो आयोजना गरेको हो। विशेष सोमा मिडियाकर्मी साथै माइती नेपालका बालबालिकाले फिल्म हेरे।



एप्पलकी फिल्म वितरण प्रमुख जेनिस पहारीले जुमान्जीले नेपालमा बढ्दो हलिउड क्रेजको संकेत गरेको बताइन्। भनिन्,'फिल्मले काठमाडौं भित्र र बाहिरका प्राय मल्टिप्लेक्समा राम्रो प्रदर्शन गरेको छ। फिल्म धेरै हेरिनु खुसीको कुरा हो किनकी यसले व्यवसायिक एवं कलात्मक दुई  पक्षमा योगदान पर्‍याइरहेको हुन्छ।' 

जेक कासडान निर्देशित फेन्टासी ड्रामा 'जुमाञ्जी- वेलकम टु द जंगल'ले जादुयी खेल र खेलमा सहभागीहरुले भोग्ने अवस्थाहरु देखाउँछ। एनिमेटेड फिल्ममा डावेन जोहान्सन (द रक), ज्याक ब्ल्याक, केभिन हार्ट, करेन गिल्लान लगायतको अभिनय रहेको छ। फिल्मले मल्टिप्लेक्समा सो पाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell