काठमाडौं: फिल्म ’हुर्रे’को दोस्रो गीत सार्वजनिक भएको छ। 'पशुपति' बोलको गीत भिडियोसहित आइतबार युट्युब रिलिज भएको हो।
सार्वजनिक गीतलाई झुमा लिम्बु र कालिप्रसाद बास्कोटाको स्वर रहेको छ। कालीप्रसादकै संगीत रहेको गीतमा शब्द पनि कालिप्रसाद र सबिन एकतारेको रहेको छ। गीतको भिडियोमा नीता ढुङ्गानाको मुख्य फिचरिङ रहेको छ। उनी फिल्मकी पात्र नभए पनि आइटम नम्बरमा देखिएकी हुन्।
अन्य कलाकार अंकित खड्का, राजाराम पौडेल र विजय बराललाई पनि देख्न सकिन्छ। भिडियोलाई विक्रम स्वारको कोरियोग्राफी रहेको छ।
कमेडी जनरको फिल्ममा लेखन तथा निर्देशन यम थापाको रहेको छ। दावा शेर्पा ‘शेट्टी’ को प्रस्तुतिमा तयार भएको फिल्म ‘हुर्रे’मा कलाकारहरु अनुप विक्रम शाही, विजय बराल, केकी अधिकारी, राजाराम पौडेल, अंकित खड्का देखिएका छन्।