PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

'मिस नेपाल २०१८'को लागि आवेदन खुला, पुरा गर्नु पर्नेछ यी शर्त



पहिलोपोस्ट

'मिस नेपाल २०१८'को लागि आवेदन खुला, पुरा गर्नु पर्नेछ यी शर्त

काठमाडौँ: सौन्दर्य प्रतियोगिता 'मिस नेपाल'को आगामी संस्करणका लागि आवेदन आह्वान गरिएको छ। आइतबार आयोजक संस्था हिडन ट्रेजरले पत्रकार सम्मेलन आयोजना गर्दै सन् २०१८ का लागि प्रतियोगिता घोषणा गरेको हो।

प्रतियोगिताको लागि नेपालभरका प्रमुख ९ सहरहरुमा अडिसन हुनेछ। काठमाडौं, वीरगंज, पोखरा, चितवन, धरान, बुटवल, धनगडी, नेपालगञ्ज र विर्तामोडबाट सहभागी छानिने छन्। आयोजक संस्था द हिडज ट्रेजर प्रमुख गोपाल सुन्दरलाल कक्षपतिले आगामी अप्रिल ११ तारिखमा मिस नेपालको फिनाले हुने जानकारी दिए। फेब्रुअरी ४ बाट १७ तारिखसम्म हुने अडिसनबाट छानिएका २० देखि २५ जनासम्म सहभागीले ७ साता लामो प्रशिक्षणको मौका पाउनेछन्।

यस्ता छन् मिस नेपाल बन्नका लागि आयोजकका शर्त

प्रतियोगीको उमेर १९ देखि २४ वर्ष,

उचाइ ५.४ भन्दा अग्लो,

बिहे नगरेको,

बच्चा नजन्माएको

शैक्षिक योग्यता प्लस टु

नेपाली नागरिकता तथा पासपोर्ट नै भएको हुनुपर्ने

शरीरमा टाट्टु खोपेको हुन नहुने

सहभागी हुन इच्छुकले फेब्रुअरी १५ भित्र आवेदन भर्न पर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell