PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

घुस लिँदालिँदै काठमाडौंका असई अख्तियारको फन्दामा



पहिलोपोस्ट

घुस लिँदालिँदै काठमाडौंका असई अख्तियारको फन्दामा

काठमाडौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित एकजना प्रहरीलाई पक्राउ गरेको छ। 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत असई रेशम खड्कालाई तीन लाख रकमसहित सोमबार पक्राउ गरेको हो। 

एक सेवाग्राहीलाई बार्गेनिङ गरी रकम लिँदै गरेको अरोपमा उनलाई पक्राउ गरेको हो।

एक करोड ३० लाख बराबरको लेनदेनको कागज तयार पार्ने सहमतिमा एक व्यक्तिबाट असई खड्काले उक्त रकम लिएको अख्तियारले जनाएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell