PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

सिलवालको अब अन्तर्राष्ट्रिय खोजी, इन्टरपोलमा 'मोस्ट वान्टेड'



सविन ढकाल

सिलवालको अब अन्तर्राष्ट्रिय खोजी, इन्टरपोलमा 'मोस्ट वान्टेड'

काठमाडौं : नेपाल प्रहरीले पूर्व डिआइजी नवराज सिलवाललाई पक्राउ गर्ने डिफ्युजन नोटिस जारी गरेको छ। नेपाल प्रहरीको इन्टरपोल शाखाले आइतवार नोटिस जारी गरेको प्रहरी स्रोतले बताएको छ। एमालेको तर्फबाट प्रतिनिधि सभाका लागि ललितपुर क्षेत्र नम्बर १ बाट विजयी सिलवाल अहिले देशभित्र नभएको प्रहरीको दावी छ। 

बढुवाका लागि कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको अभियोगमा प्रहरीले छानविन शुरु गरेको केही दिनदेखि उनी फरार छन्। प्रहरीले केही दिनअघि मात्र प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी सिलवाल कहीकतै भेटिए पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाउन निर्देशन दिएको थियो।

सिलवालले पहिलोपोस्टसँगको अन्तर्वातामा आफू ललितपुरको भट्टे डाँडामा रहेको दावी गरेका थिए। आइतबार १ सय ६५ जना प्रहरिको टोलीले सिलवालाई भट्टेडाडामा खोजी गरेपनि नभेटिएपछि नोटिस जारी गरेको हो।

गत बिहीवार महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवाल नेपालमा नरहेको भन्दै अपराध अनुसन्धान विभागलाई लिखित जानकारी गराएको थियो। 

नेपाल प्रहरीको मुभमेन्ट सबै बुझेका सिलवालले इन्टरपोलमा नोटिस जारी हुने संकेत पाएलगत्तै सामाजिक सञ्जाल चलाउन छाडेका छन् भने भाइबरसमेत निश्क्रिय बनाइसकेका छन्। इन्टरपोलमा १ सय ९० देशको सुरक्षा निकाय जोडिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell