PahiloPost

May 15, 2024 | २ जेठ २०८१

९ करोड खर्चँदा देवघाटको मन्दिर यस्तो बन्यो



राधेश्याम पटेल

९ करोड खर्चँदा देवघाटको मन्दिर यस्तो बन्यो

वीरगंजः धार्मिक तथा पर्यटकिय स्थल देवघाटमा पशुपति भन्दा ६ फिट अग्लो नयाँ शिव मन्दिरको निर्माणको कार्य सम्पन्न भएको छ।

चन्दाबाट उठेको ९ करोड रुपैयाँ लागतमा प्यागोडा शैलीमा निर्माण गरिएको आकर्षक मन्दिरको उद्घाटन माघ २१ गते हुने गलेश्व आश्रम देवघाटले जनाएको छ।

वीरगंजमा पत्रकार सम्मेलन गरी गलेश्वर आश्रमले मन्दिर निर्माण र माघको दोस्रो साता देखि शुरु हुने विराट अतिरुद्री महायज्ञबारे प्रकाश पारे।

मारवाडी सेवा ट्रस्ट वीरगंजको संयोजनमा भएको पत्रकार सम्मेलनमा आश्रमका स्वामी आत्मानन्द गिरिजी महराजले पर्यटक तान्न कालीगण्डकी तथा नारायणी नदिको संगम स्थल देवघाटमा वास्तुशास्त्र अनुसार नेपालकै 
एउटा हेर्न लायकको विशाल शिव मन्दिर बनाइएको बताए।

‘मन्दिर पशुपति मन्दिर भन्दा ६ फिट अग्लो र २ फिट चौडा छ,’ उनले भने, ‘यसले देवघाट धार्मिक स्थलको आकर्षण अझै बढाउँछ।’ मन्दिरमा शिव लिंग र अन्य ५ देवीदेवताको प्राणप्रतिष्ठाको लागि वैदिक सनातन धर्ममै महत्वपूर्ण मनिएको अतिरुद्र महायज्ञ आयोजना भइरहेको पनि जानकारी गराइयो।

माघ २१ गते देखि महायज्ञको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन्। फागुन २ गते सम्म चल्ने महायज्ञमा नेपाल भारतका करिब एक लाख तिर्थालुहरुले अवलोकन तथा सहभागी हुने लक्ष्य राखिएको छ।

अतिरुद्री महायज्ञ नेपालमा यस अघि ३ वटा मात्रै भएको इतिहास छ। स्वार्गाद्वारी,पशुपति र विराटनगरमा गरी ३ पटक यो महायज्ञ भइसकेको छ। १० दिने महायज्ञमा करिब १२५ ब्राहमणले देनिक ११ रुद्री पाठ अर्थात १० दिनमा १४ हजार ६ सय ४१ रुद्री पाठ गरेपछि अतिरुद्री महायज्ञ सम्पन्न हुनेछ।

महायज्ञको लागत करिब डेढ देखि २ करोड रुपिया खर्च हुने अनुमान गरिएको छ।दैनिक ३ सय जनाको भोजन, १८ पुराणको पाठ, सप्तचन्डी पाठ र चार वटा वेदको पाठ हुने कार्यक्रम छ।

स्वामी आत्मानन्द गिरिजी महाराजले २०५३ सालमा चौथो पिढीको पुजारीको रुमा देवघाट आश्रमको स्वामीको जिम्मेवारी पाएपछि  ३ वटा धर्मशाला,१ सय विद्यार्थी कक्षा १२ सम्म पढने वेदवदान्त संस्कृति विद्यालय,२ सय जना बस्ने वृद्धाश्रम, नशुल्क भोजनको व्यवस्था हुने अन्न द्वारलगायत भौकि पूर्वाधारलागयतको विकासमा योगदान पु¥याएका छन्।

नेपालमै महत्वपूर्ण महायज्ञ भएकोले वीरगंज आसपासका श्रद्धालुलाई जानकारी होस भनेर वीरगंज आएको आश्रम टोलीले जानकारी गराएको थियो।पत्रकार सम्मेलनमा देवघाटस्थित वेदवेदान्त संस्कृत विद्यालयका पुर्व अर्चाय चन्द्रमणी,आश्रमका भावनी तिमिल्सिना, सन्तोष सुवेदी, मारवाडी सेवा ट्रस्टका हीरालाल केडिया, रामऔतार खण्डेलवाल,अश्वीनी शर्मालगायतको सहभागिता थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell