PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

राष्ट्रिय सभा सदस्य र प्रदेश प्रमुखको टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक शुरु



पहिलोपोस्ट

राष्ट्रिय सभा सदस्य र प्रदेश प्रमुखको टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक शुरु

काठमाडौं: नेकपा एमालेको स्थायी कमिटी बैठक एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा सुरु भएको छ।

राष्ट्रियसभा सदस्य उम्मेदवार, प्रदेश प्रमुख र प्रदेश संसदीय दलको नेता टुङ्गो लागाउन बैठक बस्न लागेको हो। 

एमाले–माओवादी संयुक्त कार्यदलले राष्ट्रियसभा निर्वाचन सम्बन्धी बुझाएको रिर्पोट आईतबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले अनुमोदन गरेको थियो। 

रिर्पोट अनुसार वाम गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा एमाले २९ र माओवादीले १४ गरी ४३ जना उम्मेदवार उठाउने छ। 

एमाले स्थायी कमिटीको आजको बैठकले राष्ट्रियसभा निर्वानको लागि २९ जना सदस्यहरुको टुङ्गो लगाउने एमाले पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। 

‘पार्टी एकताबारे पार्टी संयोजन समितिको प्रगती विवरण ब्रिफिङ गरिने छ', श्रेष्ठका भने,’ प्रदेश ‘प्रमुख र संसदीय दलको नेता कस्लाई बनाउने भन्नेबारेमा पनि छलफल हुने छ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell