PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सुरक्षा बन्दोबस्त पुरा



पहिलोपोस्ट

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सुरक्षा बन्दोबस्त पुरा

काठमाडौं: राष्ट्रियसभा निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित वातावरणमा सम्पन्न गराउन उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बसेको छ। सोमबार निर्वाचन अयोगमा बसेको बैठकले सुरक्षा रणनीति तथा कार्यनीति निर्माण गरी अघि बढ्ने निष्कर्ष निकालेको छ। 

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक तथा निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचनमा चुस्त, प्रभावकारी र परिणाममूलक सुरक्षा प्रबन्ध मिलाउन र समन्वयका साथ कार्य गर्नु पर्नेमा जोड दिए। 

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मन्त्रालयले तयार पारेको सुरक्षा कार्ययोजनाबारे गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले बैठकमा जानकारी गराए। 

बैठकमा प्रमुख निर्वाचन आयुक्त आयोधीप्रसाद यादव, निर्वाचन आयुक्तद्वय नरेन्द्र दाहाल र इश्वरी प्रसाद पौड्याल पनि सहभागी थिए। 

यस्तै बैठकमा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल, रक्षा मन्त्रालयका सचिव विनोद के.सी., नेपाली सेनाका रथी पूर्णचन्द्र थापा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मी लगाएतका अधिकारीहरूको उपस्थिति रहेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell