PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

'कोहलपुर एक्सप्रेस'को 'सि ओ डब्लु काउ' रिलिज



पहिलोपोस्ट

'कोहलपुर एक्सप्रेस'को 'सि ओ डब्लु काउ' रिलिज

काठमाडौं: लामो काउन्ट डाउनपछि फिल्म 'कोहलपुर एक्सप्रेस'को पहिलो गीत 'सि ओ डब्लु काउ' रिलिज भएको छ। गीत भिडियोसहित युट्युबमार्फत सार्वजनिक भयो। गीत रिलिज बारे अभिनेत्री केकी अधिकारीले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन्।

गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको छ। मेलिना राईले उनलाई स्वरमा साथ दिएकी छिन्। गीतमा मुख्य फिचरिङ अभिनेत्री रीमा विश्वकर्माको रहेको छ। साथै कोरियोग्राफर गम्भीर विष्ट, विनोद न्यौपाने र केकी पनि देखिएका छन्।

केकीले यसै फिल्मबाट निर्माताको परिचय बनाएकी छिन्। पोस्ट-प्रोडक्सन फेजमा रहेको ‘कोहलपुर एक्सप्रेस’लाई विशाल भण्डारीले निर्देशन गरेका हुन्। फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell