काठमाडौः ललितपुरको महालक्ष्मी नगरपालिका ५ चागाथलीमा आइतबार राती चोरी भएको छ।
डेरा गरी बस्ने काभ्रे रोसी गाउँपालिका घर भएका भुवनबहादुर गौतमको कोठामा चोरी भएको हो।
कोठाबाट नगद १ लाख रुपैँया, सुनगहना र मोबाइल गरेर २ लाख ३७ हजार बराबरको धनमाल चोरी भएको गौतमले प्रहरीकोमा उजुरी दिएका हुन्।
घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।