PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

सल्यानको त्रिवेणीमा बस दुर्घटना, ३ को मृत्यु ३० घाइते



पहिलोपोस्ट

सल्यानको त्रिवेणीमा बस दुर्घटना, ३ को मृत्यु ३० घाइते
फोटो: निर्मल भण्डारी

काठमाडौं: सल्यानमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको बस आइतबार दिउँसो त्रिवेणी गाउँपालिका ६ मा दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको हो। 

घटनामा परी ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।  घाईतेको सल्यानको श्रीनगरस्थित विभिन्न मेडिकलहरुमा उपचार भइरहेको र थप उपचारका लागि दाङ ल्याउने तयारी भईरहेको छ।

मृतकको सनाखत हुन नसकेको र बसमा कति यात्रु थिए भन्ने जानकारी नभएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell