अंकारा : अमेरिकी सहयोगमा सक्रिय कुर्दिस मिलेसियामाथि आक्रमण भएको दोस्रो दिन टर्कीको स्थल सेना सिरियाको अफ्रोन प्रवेश गरेको छ।
गत शनिबार टर्कीले अपरेसन ओलिभ ब्रान्च सुरु गर्दै आफ्नो स्थल सेना परिचालन गरेको थियो। सेना आइतबार सिरिया प्रवेश गरेको हो।
अफ्रोनमा मात्रै ८ देखि १० हजार आतंकवादी रहेको अनुमान छ। तिनलाई समाप्त पार्ने उद्देश्यसहित टर्की युद्धमा होमिएको हो। उसको सक्रियतालाई लिएर राष्ट्रसंघले चिन्ता जनाएको छ।
गएको सात वर्षमा सिरियाको गृहयुद्धमा शक्तिशालीरुपमा टर्कीको यो दोस्रो हस्तक्षेप हो। हेर्नुस सिन्ह्वाले जारी गरेको सैन्य फोटो :