PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

आफ्नै बाबुको हत्या, ज्यान लिएपछि लगाइदिए पासो



पहिलोपोस्ट

आफ्नै बाबुको हत्या, ज्यान लिएपछि लगाइदिए पासो

काठमाडौं : दाङको तुलसीपुरमा छोराले आफ्नै बाबुको हत्या गरे खुलेको छ। घरायसी विवादमा २९ वर्षका तेजबहादुर चौधरीले ५२ वर्षीय बाबुराम चौधरीको हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको हो।

आइतवार राति ११ बजेतिर बाबुराम घरको भान्छा कोठमा झुन्डिएको अवस्थामा फेला परेका थिए। छोरा तेजबहादुरले प्रहरीलाई झुक्काउन हत्या पछि  आत्महत्या देखाउन झुन्ड्याएको प्रहरी अनुसन्धानमा देखिएको हो। विवाद पछि छोराले बाबुलाई खुकुरीले प्रहरार गरी झुन्डाएको प्रहरीमा बयान दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell