PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

खोटाङमा भेला गर्न पुगेका पौडेल पक्षधर कांग्रेस जिल्ला सभापतिको माग:  भूकम्प पीडितलाई राहत बढाउ



पहिलोपोस्ट

खोटाङमा भेला गर्न पुगेका पौडेल पक्षधर कांग्रेस जिल्ला सभापतिको माग:  भूकम्प पीडितलाई राहत बढाउ

काठमाडौं: नेपाली कांग्रेस पौडेल पक्षका जिल्ला सभापतिहरुको भेला खोटाङको हलेसीमा सम्पन्न भएको छ।

आज दिउँसो बसेको भेलाले मुख्यत: तीनवटा निर्णय गरेको सिन्धुपाल्चोकका कांग्रेस सभापति विकास लामाले जानकारी दिए।

'आजको बैठकमा सभापतिहरुको राष्ट्रिय भेला तत्काल बोलाउन नेतृत्वसमक्ष माग गर्ने र महासमितिको बैठक बोलाउन माग गर्ने निर्णय भएको छ,' लामाले भने, 'विधानअनुसार पार्टी चलाउनका लागि पनि राष्ट्रिय भेला र महासमिति बैठक आवश्यक छ।'

भेलामा सिँचाइमन्त्री सञ्जय गौतम,  सिँचाइ राज्यमन्त्री अमरसिंह पुन, नुवाकोटका जगदीश्वरनरसिंह केसी, भक्तपुरका दुर्लभ थापा, सिन्धुपाल्चोकका कांग्रेस सभापति लामालगायत ३५ जिल्लाका पार्टी सभापति सहभागी थिए।

भेलामा सहभागी सभापतिहरुले भूकम्पपीडितलाई सरकारले वेवास्ता गरेको भन्दै राहत बढाउनसमेत माग गरेको छ। लामाले भने, 'भूकम्पपीडितलाई राहत पाँच लाखसम्म पुर्याउन सरकारसँग माग राख्ने निर्णय भएको हो। यसमा हामी जोडदार रुपमा प्रस्तुत हुन्छौ।'

यसअघि पौडेल पक्षका जिल्ला सभापतिहरुले सिन्धुपाल्चोकको मेलम्चीमा गोप्य भेला राखेका थिए। त्यही भेलाबाट हलेसीको बैठक तय भएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell