PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

३ लाख रुपैयाँ घुससहित महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी पक्राउ



रासस

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रेशम खड्कालाई तीन लाख घुस रकमसहित पक्राउ गरेको छ। 

आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयका अनुसार प्रहरी सहायक निरीक्षक खड्काले लेनदेन व्यवहारको कागज बनाइदिएबापत एक सेवाग्राहीसँग घुस लिन लागेको भन्ने सूचनामा आधारमा पुगेको आयोग टोलीले उनलाई आज बालाजुबाट पक्राउ गरेको थियो। 

बुटवलमा कार्यरत रहँदा खड्काले एक एक करोड ३० लाखको कागज बनाइदिने काममा सहयोग गरेको  र उक्त कागज आफैँसँग राखी रु तीन लाख मागेको खुल्न आएको उनले बताए।
 
कागज फिर्ता गरिदिन सेवाग्राहीले पटक पटक माग गर्दा पनि प्रहरी सहायक निरीक्षक खड्काले रकम दिनुपर्ने बताएपछि पीडितले आयोगमा उजुरी दिएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell