काठमाडौं : पाकिस्तान र युएईमा संयुक्त रुपमा आयोजना भएको पाँचौ एकदिवसीय नेत्रहीन विश्वकपमा सहभागिता जनाएर नेपाल पर्केको नेपाल राष्ट्रिय नेत्रहीन क्रिकेट टोली नगदसहित सम्मानित भएका छन्।
पहिलो पटक एकदिवसीय नेत्रहीन विश्वकप खेलेको नेपाली टोलीलाई सोमबार नेपाल क्रिकेट सपोर्टर सोसाइटी एनसिएसएसले नगद सहित सम्मान गरेको हो।
६ टोली सम्मिलित प्रतियोगितामा नेपालले अन्तिम खेलमा अष्ट्रेलियालाई पराजित गर्दै सुदख अन्त्य गरेको थियो।
एनसिएसएसले विश्वकप खेलेका १४ खेलाडीलाई नगद २२-२२ हजार तथा ८ अफिसियललाई समान ११ हजार नगद हस्तानतरण गरेको हो। यस्तै नेपाल नेत्रहीन क्रिकेट संघलाई पनि नगद ५० हजार प्रदान गरेको छ।
विश्वकप खेल्न जाँदा रेलमा गएको नेत्रहीन क्रिकेट टोलीलाई प्लेनमा फर्काउने अभियानसहित एनसिएसएसले संकलन गरेको रकम फ्लाई टिकटमा खर्च गरेपछि बाँकी रहेको रकम सम्मानस्वरुप टिमलाई नै हस्तानतरण गरिएको हो।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटाले उक्त रकम खेलाडीलाई प्रदान गरे।
एनसिएसएसले नेत्रहीन विश्वकपपछि सन्यास लिएका कप्तान कृतन श्रेष्ठ दुवाल र उपकप्तान विक्रमबहादुर रानालाई पनि मायाको चिनो प्रदान गरेको छ।
नेपाली टिमलाई प्लेनमा फर्काउने अभियानसहित सुरु गरिएको अभियानमा कूल ७ लाख ८७ हजा। १२९ रुपंयाँ उठेको र त्यसबाट ३ लाख १९ हजार फ्लाई टिकेटमा खर्च गरेको र बाँकी रकम खेलाडीलाई नै प्रदान गरिएको एनसिएसएसका अध्यक्ष भानु सिग्देलले बताए। फ्लाई दुबईले नेपाली टोलीका लागि ३० प्रतिशत छुट दिएको थियो।
'हामीले सुरुमा ५० हजार लक्ष्य राखेर सहयोग रकम उठाउन सुर गरेका थियौँ। तर पछि पारस खड्काहरुले पनि सहयोग गर्न थालेपछि सहयोग रकम बढ्यो। यसमा हामीलाई फ्लाई दुबईले टिकटमा ३० प्रतिशत छुट दियो। हामीले टिकटबाट बाँकी रहेको रकम पनि खेलाडीनै प्रदान गरेका हौँ।' सिग्देलले भने।
नेपाली टिमका प्रशक्षक जगत टमाटाले एनसिएसएसले उदाहरणीय कार्य गरेको र यसमा आफूहरुको पनि पूर्ण सहयोग रहने बताए। 'नेत्रहीन क्रिकेटले नेपालको नाम राखेको छ। आगामी दिनमा पनि उनीहरुद्ये राम्रो प्रदर्शन गर्नेमा विश्वास छ र हामीहरु पनि आफू राम्रो गर्ने तयारीमा छौँ।' टमाटाले भने।
यस्तै कप्तान पारस खड्काले एनसिएसएसले नेपाली क्रिकेट फ्यान किन उत्कृष्ट छ न भन्ने प्रुभ गरेको बताए। 'एनसिएसएसले निकै सराहनिय कार्य गरेको छ। पाँचपटक विश्वकप खेलेको दृष्टिबिहिन टिमबाट हामी प्रभावित छौँ, देशको फ्ल्याग बोकेर अघी बढ्ने सबै खेलाडी एकै हो, आगामी दिनमा पनि पूर्ण समर्थन रहनेछ, सहयोगी सबैलाई धन्यवाद।'
नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले अमृतसारमा रेल छुट्नुले गर्दा नै एनसिएसएससँग भेट भएको र उनीहरुले फण्ड राइजिङ सुरु गर्दा नै आफूहरु सम्मानित भइसकेको महसुस भएको प्रतिक्रिया दिए।
'कुनै पनि अँध्यारो रातपछि उज्यालो आउँछ भनेजस्तै हामीले गोरखपुरमा त्यो २४ घण्टा निकै पिडादायी रुपमा बितायौँ। उक्त रेल छुटेपछि नै झन् हामीले धेरै सहयोग पायौँ।' टिमसँगै गएका घिमेरेले भने, 'सेमिफाइनल लक्ष्य लिएर गएका थियौँ एक जित गोरखपुरको रेल छुट्नाले छुट्यो पछि मनोबल बढेपछि हामीले अष्ट्रेलियालाई अन्तिम खेलमा हरायौँ।'
पहिलो पटक एकदिवसीय नेत्रीहन विश्वकप खेलेको नेपालले पाकिस्तान, बंगलादेश, भारत, श्रीलंकासँग पराजित भएको नेपाली टोलीले अन्तिम खेलमा अष्ट्रेलियालाई हराएको थियो।