PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

अष्ट्रेलियन ओपन टेनिस : ६ पटकका च्याम्पियन जोकोभिच बाहिरिए, आफैँलाई आइडल मानेका खेलाडीसँग पराजित



पहिलोपोस्ट

अष्ट्रेलियन ओपन टेनिस : ६ पटकका च्याम्पियन जोकोभिच बाहिरिए, आफैँलाई आइडल मानेका खेलाडीसँग पराजित
फोटो : गार्जियन

मेलवर्नमा यसअघि ६ पटक च्याम्पियन बनेका नोभाक जोकोभिच वर्षको पहिलो ग्राण्डसलाम टेनिस अष्ट्रेलियन ओपनको प्रिक्वाटरफाइनलबाटै बाहिरिएका छन्।

चोटसँग संघर्ष गरिरहेका सर्वियन खेलाडी जोकोभिचलाई २१ वरष्य दक्षिण कोरियाली खेलाडी ह्येओन चुङले ७-६, ७-५, ७-६ को सोझो सेटमा पराजित गरे।

पहिलो सेटपछि दायाँ कुइनाको ट्रिटमेन्ट गरेका जोकोभिचले त्यसपछि राम्रोसँग खेल्न सकेनन्।

सन् २००८ मा पहिलो पटक अष्ट्रेलियन ओपन जितेका जोकोभिचले २०११,१२,१३,१५ र १६ मा पनि उपाधि जितेका थिए।

जोकोभिचलाई पराजित गरेको चुङ कुनै पनि ग्राण्डसलाम टेनिसको अन्तिम ८ मा पुगेन पहिलो कोरियाली खेलाडी समेत बनेका छन्।

चुङले अब अर्को अप्रत्यासित नतिजा निकाल्ने क्रममा पाँचौ वरियताका डोमिनिक थिइमलाई पराजित गरेका अमेरिकी खेलाडी टेन्निस सान्डग्रेसँग क्वाटरफाइनलमा खेलनेछन्।

चुङले जितपछि सानोमा जोकिभिचको कपि गरने प्रयास गरेको बताउँदै उनी आफुनो लागि आइडल खेलाडी रहेको बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell