काठमाडौं: अर्को महिना नामिवियामा हुने आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू'को तयारीमा रहेको नेपाली टोली अहिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रशिक्षणमा छ। प्रशिक्षणमा रहेको टोलीले विभिन्न टार्गेट राखेर वार्म अप म्याच खेलिरहेको छ।
फेब्रुअरी ८ देखि १५ सम्म अफ्रिकन राष्ट्र नामिवियाको ३ मैदानमा हुने प्रतियोगितामा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। सिंगल राउण्ड रिन लिगपछि अंक तालिकाको शीर्ष दुई स्थानमा रहने टोली मार्चमा जिम्वावेमा हुने वान डे वर्ड कप क्वालिफायरमा छनोट हुनेछन्।
डिभिजन टू कै लागि भनेर नेपाली टोलीको ब्याटिङ कन्सलट्यानटका रुपमा भारतीय प्रशिक्षक सुलक्षण कुलकर्नी शनिबार नेपाल आइसकेका छन्।
अहिले प्रारम्भिक चरणमा छनोट भएका २१ खेलाडी क्याम्पमा छन्। यसबाट १४ सदस्यीय अन्तिम टोली र ३ रिजर्भ प्लेअर छनोट गरिनेछ। बाँकी ३ खेलाडी भने बाहिरिनेछन्।
यसरी तयारी गर्दैछन् नेपाली खेलाडी।