
काठमाडौंः महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। महोत्तरीको रामगोपालपुर नगरपालिका ८ थलहीमा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो। दुर्घटनामा ८ जना घाइते भएका छन्।
सरस्वती पूजाको अवसर पारेर वनभोज गएका व्यक्तिहरुलाई लिएर फर्किँदै गरेको ज १ त ३५१६ नम्बरको ट्याक्टर हुस्सुका कारण गएराति साढे ९ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। फरार रहेका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय रामगोपालपुर महोत्तरीले जनाएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका ७ का ४० वर्षीय सत्यचन्द्र साह, १८ वर्षीय रामबाबु मण्डल र ४५ वर्षीया सावित्री देवी मण्डल रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका आठै जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ।