PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

एघारौँ संस्करणको आइपीएल अप्रिल ७ देखि मे २७ सम्म



पहिलोपोस्ट

एघारौँ संस्करणको आइपीएल अप्रिल ७ देखि मे २७ सम्म

यस सिजनको इन्डियन प्रिमियर लिग आइपीएल आगामी अप्रिल ७ देखि मार्च २७ सम्म सञ्चालन हुने भएको छ। आइपीएल गभर्निङ काउन्सिलले मंगलबार ११औँ संस्करणको मिति घोषणा गरेको हो।

जसअनुसार यस सिजनको पहिलो खेलमा मुम्बईमा हुनेछ। त्यसमा साविक विजेता मुम्बई इन्डियन्सले खेल्नेछ। अर्को टिमको टुङ्गो लाग्न भने बाँकी छ।

यस्तै ओपनिङ सेरेमोनी अप्रिल ६ मा मुम्बईमा नै हुनेछ भने फाइनल खेल पनि मुम्बईमा हुनेछ।

यस पटक प्रतियोगिताको खेल समय परिवर्तन गरिएको छ। जसअनुसा अब दिउँसोको खेल ५:३० र बेलुकाको खेल ७ बजे सुरु हुनेछ। यसअघि ४ बजे पहिलो र ८ बजे दोस्रो खेल हुँदै आएको थियो।

यस सिजनको आइपीएलको लागि यही जनवरी २७ र २८ मा अक्सन हुँदैछ। जहाँ भारतका ३६० सहित विश्वभरका कूल ५७८ खेलाडी अक्सनमा समावेश हुनेछन्।

नेपालका सन्दीप लामिछाने पनि अक्सनको लिस्टमा समावेश भएका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell