PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

आप्रवासी मुद्दामा पछि हटे ट्रम्प,  सरकारी कामकाजको 'सटडाउन' फिर्ता



पहिलोपोस्ट

आप्रवासी मुद्दामा पछि हटे ट्रम्प,  सरकारी कामकाजको 'सटडाउन' फिर्ता

वासिङटनः अमेरिकामा तीन दिनबाट ठप्प सरकारी कामकाज रिपब्लिकन र डेमोक्रयाटबीच सहमति भएसँगै सुरु भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार संघीय सरकारलाई फण्ड उपलब्ध गराउने अस्थायी विधेयकमा हस्ताक्षर गरेका छन्।

सहमतिपछि बेतलवी बिदामा बसेका कर्मचारीहरु काममा फर्कने भएका छन्। गत सोमबार संसदको तल्लो सदनले पारित गरेको विधेयक शुक्रबार माथिल्लो सदनमा सिनेटले रोकेको थियो। योसँगै अति आवश्यकबाहेक अमेरिकी सरकारी कार्यालय बन्द भएका थिए।

शुक्रबार सिनेटमा यो विधेयकको पक्षमा ४८ मत मात्र परेको थियो। जवकि यो विधेयक पारितका लागि हुन ६० मत आवश्यक हुन्छ। सोमबार बिलको पक्षमा ८१ जनाले मत दिए।

पछिल्लो सहमति दुई हप्ताको लागि मात्र भएको हो। ८ फेब्रुअरीसम्म संघीय सरकारको कामकाज चल्नेछ। आप्रवाशी नीतिमा कठोर रहेका रिपब्लिकन र राष्ट्रपति ट्रम्पले आप्रपाशी नीतिमा डेमोक्रयाटलाई साथ दिने भएकाले यो संकट नलम्बिने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell