PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

सान्चेज युनाइटेडमा, मिखतर्यान आर्सनलमा



पहिलोपोस्ट

सान्चेज युनाइटेडमा, मिखतर्यान आर्सनलमा

म्यानचेष्टर युनाइटेडले एलेक्स सान्चेजलाई आर्सनलबाट क्लब भित्र्याएको छ। त्यसको बदलामा युनाइटेडको हेनरिख मिखतर्यन लण्डन क्लब आर्सनल गएका छन्।

१९ वर्षीय चिलियन फरवार्ड सान्चेजलाई युनाइटेडले साढे चार वर्षको लागि अनुबन्ध गरेको हो। सान्चेजले विश्वकै ठूलो क्लबमा अनुबन्ध हुँदा उत्साहित भएको बताएका छन्। यस्तै सान्चेज युनाइटेडबाट खेल्ले पहिलो चिलीयन खेलाडी समेत बन्नेछन्।

उता आर्सनलले मिखतर्यानलाई लामो समयका लागि अनुबन्ध गरेको भनेपनि वर्ष खुलाएको छैन।

मिखतर्यानले आफूले जहिल्यै आर्सनलबाट खेल्ने सपना देखेको र अहिले 'ड्रिम कम ट्रु' भएको प्रतिक्रिया दिए।

सन् २०१४ मा स्पानिस क्लब बार्सिलोनाबाट लण्डन पुगेका सान्चेजले आर्सनलका लागि प्रिमियर लिगमा ६० तथा समग्रमा ८० गोल गरेका छन्।

यस्तै मिखतर्यानले युनाइटेडका लागि ६३ खेलमा १३ गोल गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell