PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

१६औं आहा रारा गोल्डकप आजबाट, उद्घाटन खेलमा आयोजक सहारा र सुदूरपश्चिम-११ भिड्ने



नरहरि पौड्याल

१६औं आहा रारा गोल्डकप आजबाट, उद्घाटन खेलमा आयोजक सहारा र सुदूरपश्चिम-११ भिड्ने

पोखरा : १६ औँ आहा रारा गोल्डकप फुटवल प्रतियोगिता आजदेखी पोखरा रगंशालामा शुरु हुँदैछ। सहारा क्लव पोखराको आयोजनामा आज माघ ९ देखि शुरु हुने आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल माघ २० गते हुनेछ।

यस संस्करणको उद्घाटन खेलमा आयोजक सहारा क्लब र धनगढीको सुदूरपश्चिम-११ स्वोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्यारापिट भत्काएका कारण यसपटकको खेल खुल्ला चौरमा बसेर हेर्नु पर्ने बाध्यता छ। आयोजकले मैदान र खुल्ला चौरमा दर्शकको लागि खेल हेर्ने व्यवस्थापनको प्रयास गर्दै आएको छ।

प्रतियोगितामा ३ विभागीय टोलीसहित १२ टिमले प्रतिस्पर्धा गर्नेछन्। यस्तै भारत र बंगलादेशबाट एक एक टिमलेले सहभागिता जनाउँदैछन्।

प्रतियोगिताको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले उदघाटन गर्ने कार्यक्रम रहेको आयोजक सहारा क्लवका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए। उदघाटन कार्यक्रम आज दिउँसो १:३० बजेदेखि हुने र त्यसलगत्तै खेल शुरु हुने छ।

आयोजक सहारा क्लवले हिजो मात्रै प्रिक्वाटरफाइनल चरणको खेल तालिका सार्वजनिक गर्दै उद्घाटन खेलमा सहारा र सुदूरपश्चिम खेल्ने जनाएको थियो।

जसअनुसार पहिलो चरणको खेलअन्तर्गत माघ १० गते बुधबार भारतको युनाइटेड सिक्किम फुटबल क्लवबिरुद्ध धरान फुटबल क्लब, माघ ११ गते बिहीबार विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबबिरुद्ध संकटा क्लब र माघ १२ गते अर्को विभागीय टिम नेपाल पुलिस क्लव बिरुद्ध रमपम झापा-११ बीच प्रतिस्पर्धा हुनेछ।

यसपटक पुरस्कार राशीमा समेत वृद्धि गरिएको छ। आयोजक सहारा क्लवले प्रथम पुरस्कारमा २ लाख वृद्धि गरेर ७ लाख १ हजार र द्वितीय पुरस्कारमा १ लाख वृद्धि गरेर ३ लाख ५१ हजार पुर्‍याएको छ। बिजेतालाई नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई हिरो ड्यास स्कुटर तथा बेष्ट अफ फाइभ विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष थापाले बताए। प्रतियोगिताको सर्वाधिकक गोलकर्तालाई भने नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र दिइने छ ।

सुंदूरपश्चिमसँग भिड्ने तयारीमा रहेको सहाराबाट राष्ट्रिय टिमका खेलाडी मानबहादुर तामाङसहित लक्ष्मण जिसी, आशिष गुरुङ, सरोज योञ्जन, रणदीप पौडेल, सुसन गुरुङ, विनोद गुरुङ, विषण गुरुङ, उत्तम गुरुङ, गौरव बुढाथोकी, खुर्पा लामा, त्रिदेव गुरुङ, रिचार्ड पुन, विजयकुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, विशाल श्रेष्ठ र आकाश रानाभाटले खेल्ने सहारा क्लबले जनाएको छ। क्लबको कोचमा किरण श्रेष्ठ, सहायक कोचमा प्रह्लाद हिराचन र म्यानेजरमा सुनील राना मगर छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell