PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

मालिका केशरीको 'सुवर्णलता' विमोचित



पहिलोपोस्ट

मालिका केशरीको 'सुवर्णलता' विमोचित

काठमाडौं: आख्यानकार मालिका केशरीको उपन्यास ‘सुवर्णलता’ सार्वजनिक भएको छ। सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गरी पुस्तक विमोचन गरिएको हो।

कार्यक्रममा केशरीको पहिलो उपन्यास ‘पुनरुत्थान’को दोस्रो संस्करण पनि सार्वजनिक गरियो। पुस्तकहरुको लोकार्पण साहित्यकार एवं प्राज्ञ गीता केशरी तथा नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति एवं साहित्यकार सरुभक्तले गरेका हुन्।

किताब बारे प्राज्ञ गीता केशरीले भनिन्,'उपन्यासले समय अनुसार नारीको परिवर्तित अवस्थाको तुलनात्मक कथा भन्छ। सुवर्णलताले पाठकलाई मनोरञ्जन साथै बुद्धले दिएको ज्ञान बारे सचेत पार्छ।' त्यस्तै सरुभक्तले नारी प्रधान पुस्तक नारीको सामाजिक अवस्था बारे बुझ्न बलियो दस्तावेज बन्ने बताए।

साङ्ग्रिला बुक्सले बजारमा ल्याएको सुवर्णलताको मूल्य ३७५ रुपैयाँ तोकिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell