PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

शरद गौचनलाई गोली हान्ने सुटर पक्राउ



सविन ढकाल

शरद गौचनलाई गोली हान्ने सुटर पक्राउ

काठमाडौं: गत असोज २३ गते नयाँ बानेश्वरस्थित प्रयाग चोकमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने सुटर पक्राउ परेका छन्।
 
केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले सुटर श्याम लामा गुम्बे चितवन पक्राउ गरेको ब्युरो प्रमुख डिआइजी पुष्कर कार्कीले बताए। 

गुन्डा नाइके समिरमान सिहं बस्नेतको योजनामा पूर्व सैनिक गुम्बेले गोली चलाएको बयान सिंहले प्रहरीमा दिएका थिए। समिरमानलाई प्रहरीले गत मंसीर १७ गते पक्राउ गरी सार्वजनिक गरेको थियो।
 
त्यस्तै हत्यामा संलग्न राजीव स्याङ्तान,  शिवजी महतो मुकेशकुमार पाण्डे,  सन्तोष गुरुङ र प्रकाश बुढाथोकीलाई पक्राउ गरिसकेको छ।

पक्राउ परेका शिवजी महतोले भारतको बेतियाबाट नेपाली रुपैयाँ ५५ हजारमा हतियार खरिद गरी ६५ हजार नेपाली रुपैयाँमा श्याम गुम्बे गुरुङलाई बिक्री गरेको प्रहरी अनुसन्धानमा खुलेको हो। हुलाकी मार्ग निर्माण ठेक्कामा बस्नेतले २ प्रतिशत कमिसन मागेका गौचनले नदिएपछि हत्या गरेको बस्नेतले बयान दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell