PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

नेफ्टा अवार्डको दशौं संस्करणको मिति निर्धारित



पहिलोपोस्ट

नेफ्टा अवार्डको दशौं संस्करणको मिति निर्धारित

काठमाडौं: नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्ने नेफ्टा अवार्डको दशौं संस्करणको मिति तय भएको छ। नेफ्टा अवार्ड आगामी फागुन ३० गते वितरण हुने भएको छ। अध्यक्ष पुष्कर लामाले आफ्नो जन्मदिन र वसन्तपञ्चमी अवसरमा सोमबार मिति घोषणा गरे।

अवार्ड समारोह पनि विदेशमै हुने भएको छ। तर कुन देशमा भन्ने खबर सार्वजनिक छैन। लामाले उत्कृष्ट पाँच मनोनयन घोषणासँगै अवार्ड आयोजना हुने मुलुकको नाम सार्वजनिक गर्ने बताएका छन्। आउँदो सातादेखि पाँच सदस्यीय जुरीले फिल्म मूल्यांकनको काम सुरु गर्ने छन्।

दुई सातापछि सांस्कृतिक प्रस्तुति दिने कलाकारले रिहर्सल थाल्ने पुस्कर लामाले जानकारी दिए। साथै अवार्डको एघारौं संस्करण पनि आगामी दशैं अगाडि नै आयोजना हुने जनाइएको छ। ‘हामी दुबै अवार्डमा जुटिसकेका छौं’ उनले भने।

चलचित्र प्राविधिकको छाता संस्थाले यसअघि नेपालसहित मलेसिया, हङकङ, कतार र दुबईमा अवार्ड सम्पन्न गरेको छ। नेफ्टाले विदेशमा अवार्ड आयोजना हुनुलाई अन्तराष्ट्रियकरणको यात्राको रुपमा बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell