PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

'अनुराग'को गीतमा एलिजा गौतम धमलासँग कार्टुन्ज क्रुका सरोज

'अनुराग'को गीतमा एलिजा गौतम धमलासँग कार्टुन्ज क्रुका सरोज

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: फिल्म 'अनुराग'को एक गीतको भिडियोमा कार्टुन्स क्रुका सरोज अधिकारी देखिएका छन्। उनीसँग फिचरिङमा छिन् निर्माता एवं अभिनेत्री एलिजा गौतम। उनको यो डेब्यु फिल्म हो। फिल्मको एक गीत बाहेकको छायांकन सकिएको छ। एक गीतको भने दरबारमार्गस्थित क्लबमा छायांकन भयो।

ताराप्रकाश लिम्बुको संगीत रहेको गीत 'कान्छा दाइ गाना बजाइदेउ'मा ताराप्रकाश स्वयंमको र ममता गुरुङको स्वर रहेने जानकारी दिइएको छ।

सरोज अधिकारीले फिल्मका कलाकार भने होइनन्‍। फिल्ममा एलिजासँगै समुद्र पण्डितको मुख्य अभिनय रहने छ।

एरिका फिल्मस ब्यानरमा बन्ने फिल्म अनुरागलाई सत्यराज चौलागाईले निर्देशन गर्दैछन्। किरण दाहालले लेखेको फिल्ममा पटकथा र संवाद निर्देशक सत्यराज साथै आगत केसीले लेखेका हुन्। फिल्ममा सरोज खनाल, रुपा राणा, समुद्र पण्डित, एलिजा गौतमको मुख्य अभिनय रहनेछ। आउँदो वर्षको वैशाखमा रिलिज टार्गेट गरेको फिल्म युनिट छठ पछाडि मात्र छायांकनको लागि फ्लोरमा उत्रनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell