PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

सर्वोच्च न्यायालयको पद्मावतलाई साथ, रिलिज नरोकिने



पहिलोपोस्ट

सर्वोच्च न्यायालयको पद्मावतलाई साथ, रिलिज नरोकिने

नयाँ दिल्ली : राजस्थान र मध्य प्रदेश सरकराले फिल्म पद्मावत रिलिज गर्न सर्वोच्च न्यायालयले गरेको फैसला पुनर्विचार गर्न दायर गरेको याचिकालाई खारेज गरेको छ। 

साथै सर्वोच्च न्यायालयले गत बिहीवार आफूले गरेको फैसला कार्यान्वयनमा ल्याउन दुवै राज्यलाई निर्देशन दिएको छ। फिल्मले निर्वाध रिलिज पाउनुपर्ने र त्यसले उत्पन्न गराउने अवस्थामा कानुन र व्यवस्थालाई कायम राख्नसमेत अदालतले आदेश दिएको छ।

हिंसात्मक घटना हुनसक्ने भन्दै लोकतान्त्रिक गणतन्त्र भारतले सिनेमा रिलिजमा प्रतिवन्ध लगाउनुपर्ने माग राखेका थिए। सर्वोच्च न्यायालयको आजको फैसलाले दीपिका पादुकोण लिड रोलमा रहेको फिल्म पद्मावतका लागि सुखद् स्थिति सिर्जना गरेको छ भने दुईवटा राज्य सरकार अप्ठ्यारोमा परेका छन्। अदालतले राज्य सरकारकै कारण समस्या आएको बताएको छ।

फिल्म पर्सी अर्थात् जनवरी २५ मा रिलिज हुँदैछ। 

सञ्जयलीला भन्सालीको फिल्म सुटिङ सुरु हुँदादेखि नै राजनीतिको सिकार बन्दै आएको थियो। भन्साली ऐतिहासिक घटनाक्रमलाई फिल्ममा न्यारेट गर्न माहिर मानिन्छन्। उनका फिल्महरुमा विवाद सामान्य भए पनि राजनीतिक रुपमा धेरै नै तनावपूर्ण अवस्थाबाट यो फिल्म गुज्रिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell