PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

'स्क्रिन एक्टर्स गिल्ड अवार्ड २०१८'मा थ्री बिलबोर्ड्सलाई तीन अवार्ड



पहिलोपोस्ट

'स्क्रिन एक्टर्स गिल्ड अवार्ड २०१८'मा थ्री बिलबोर्ड्सलाई तीन अवार्ड

'स्क्रिन एक्टर्स गिल्ड अवार्ड २०१८' सम्पन्न भयो। अवार्डको यो २४ औं संस्करण हो। अवार्डमा 'थ्री बिलबोर्ड्स आउटसाइट एबिङ: मिसौरी'ले मात्र ३ अवार्ड जित्यो। फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट अभिनेत्री र उत्कृष्ट सह अभिनेताको अवार्ड हात पारेको हो। तीन अवार्डसँगै फिल्मले अस्करको लागि आफ्नो सम्भावना बलियो बनाएको छ।

फिल्ममा फ्रान्सेस म्याक डोरम्यान्डले अभिनेत्री र साम रकवेलले सह अभिनेताको भूमिका निर्वाह गरेका छन्।

अवार्ड समारोहमा महिला फिल्मकर्मामाथि भएको यौन हिंसा बारे सचेतना संदेश समेत प्रवाह गरिएको थियो।

त्यस्तै उत्कृष्ट अभिनेताको अवार्ड फिल्म 'डार्केस्ट हावर'तर्फबाट ग्यारी वल्डम्यानले जिते। सह अभिनेत्रीतर्फ भने एलिसन जेनीले फिल्म 'आइ टोन्या' उत्कृष्ट ठहरिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell