PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

पैसा अभावको झोकमा अस्ट्रेलियामा नेपाली युवकले गरे प्रेमिकाको 'हत्या अनि आत्महत्या'



पहिलोपोस्ट

पैसा अभावको झोकमा अस्ट्रेलियामा नेपाली युवकले गरे प्रेमिकाको 'हत्या अनि आत्महत्या'

सँगै रहेकी प्रेमिकाले अस्ट्रेलिया छाड्ने तयारी गरेको थाहा पाएपछि तनावमा पुगेका एक नेपाली युवकले उनको हत्या गरेका छन्। उनको हत्यामात्रै होइन आफूलाई पनि  सिध्याएरै छाडे।

बेलायती प्रेमिकाको हत्या गरी आत्महत्या गरेको घटनामा ड्रग्स समेत जोडिन पुगेको छ। प्रेमिकाको हत्या गरी आत्महत्या गर्ने ब्राजिल गुरुङ कोकिनको नशामा रहने गरेको खुलासासँगै घटनाक्रमले नयाँ मोड लिएको हो। 

३३ वर्षका ब्राजिल गुरुङले उच्चस्तरको ड्रग मानिने कोकिन नियमित लिने गरेका थिए। उनकी २२ वर्षीया प्रेमिका अमेलिया वाल्केले अस्ट्रेलिया छाड्ने योजना बनाएको थाहा पाएपछि नराम्ररी विचलित भएका थिए गुरुङ।
  
२३ वर्षकी मेर्सिडिज व्रिओन्स म्यानेजर रहेको सिड्नी रेस्टुराँमा ब्राजिल गुरुङ प्राय आइरहन्थे जहाँ उनकी प्रेमिका वेट्रेसका रुपमा काम गर्थिन्। 
न्युटाउनमा रहेको आफ्नै फ्ल्याटमा यो जोडी मृत भेटिएका थिए। व्रिओन्सले बताएअनुसार यतिखेर ब्राजिल नराम्ररी ऋणमा डुबेका थिए।   
उनका अर्का साथीले ब्राजिल अमेलियासँग प्रेममा हुँदा अरुसँगको सम्बन्धनले तनावमा रहेको तर्क गरे।  

सिड्नीमा बस्दै आएका मार्सिडिजले भनिन्, 'ब्राजिल अन्तिममा आफ्नै फन्दामा परे। उनी पैसाको अभावमा संघर्ष गरिरहेका थिए, आफ्नी पूर्व पत्नीलाई भिसाका लागिसमेत पैसा पठाउँनुपर्थ्यो उनले, सघाउने अरु कोही थिएन।'

यो पनि पढ्नुस् : 

विदेशको पढाइ : सपना छोराछोरीको कि बाबुआमाको?


'मलाई थाहा थियो उसले कोकिन लिन्छ। हत्या र आत्महत्याको त्यो दिन उसले के गरेको थियो थाहा छैन,' उनले थपिन्।

ब्राजिल एक्लोजस्तै थिए, परिवार थिएन र अरु कोही पनि उसलाई साथ दिने थिएनन्। त्यस्तो अवस्थामा उनको प्रेमिकाले पनि छाड्ने बताएपछि उनी एक्कासी रिसाएको हुनुपर्छ।

'हामी नजिकका साथी थियौं, पछिल्लो पटक कुरा गर्दा उसको जीवन कहालीलाग्दो बताएको थियो। उसँग उसको भिसा त थियो तर तिर्नुपर्ने भाडा र पढाइ खर्चले सास्ती थियो।'

बिहे असफल भएपछि उसले पत्नीका लागि खर्च दिनुपर्ने भएकाले पनि ब्राजिलको आर्थिक अवस्था बिग्रिएको मर्सिडिजले बताइन्।

उनले अमेलियाविना ब्राजिल रहन नसक्ने अवस्था भएको थियो। ब्राजिलको अवस्था नराम्रो रहेको बुझेपछ अमेलियाले अस्ट्रेलियाबाट उम्कने प्रयास गरिन्। हत्याको घटना सुन्दा स्तव्ध भएको मर्सिडिजले सुनाइन्। 

'मैले विश्वास नै गर्न सकिन्। उ त्यस्तो मानिस थिएन। उ खराब मानिस होइन। त्यसो गर्‍यो भन्ने कल्पना पनि गर्न सकिन्न,' उनले भनिन्, 'उसले त्यसो किन गर्‍यो पक्कै भित्र कुनै कारण हुनुपर्छ। त्यसबारे उसले कसैसँग केही भनेको या गरेको हुनुपर्छ।'

अर्का साथी २४ वर्षका कमल प्रसाईले अघिल्लो बिहेकै कारण उनले हत्या-आत्महत्या गरेको हुनसक्ने बताए। तर, उनले ब्राजिलले ड्रग लिने गरेकोबारे भने जानकारी नभएको बताए। 

'उसको डिभोर्स भइसकेको थियो कि थिएन थाहा भएन। तर, म २०१५ मा उसको पत्नीसँगै काम गर्थेँ। त्यसयता उनीसँग मेरो भेट भएको छैन,' उनले भने, 'गत डिसेम्बरमा ब्राजिलसँग मेरो कुराकानी भएको थियो। उनलाई पैसा चाहिएको रहेछ, मैले दिएँ पनि। उसले कुन अवस्थामा त्यस्तो गर्‍यो म भन्न सक्दिन। ममात्र होइन, ब्राजिलले त्यस्तो गर्ला भन्ने कसैले अनुमान पनि गर्न सक्दैन।'

न्यु साउथ वेल्स प्रहरीले पोस्ट मार्टम गर्दा उनले ड्रग्स लिएको देखिएको जनाएको छ।
 
यसैबीच ब्राजिलको शरीर नेपाल फर्काउन रकम संकलनको थालनी पनि भएको छ। पीडा भोगेको अमेलियाका परिवार पनि सिड्नी आइपुगेका छन् – छोरीको शव बेलायत लैजान।

नेपालीहरुको समूह तमु समाजले उनको शरीर नेपाल फर्काउन क्याम्पेनिङ पनि गरिरहेका छन्।
 
डेली मेल अस्ट्रेलियाले गत साता यो जोडीको भेट फोग ब्राजिलिया चुरास्को रेस्टुरेन्टमा भएको खुलासा गरेको थियो जहाँ सेफ र वेट्रेस थिए उनीहरु। उनीहरुको अपार्टमेन्टभन्दा केही मिनेटको दुरीमा पर्छ यो रेस्टुरेन्ट।
  
गत वर्षको सुरुवातमै यी दुवैले यहाँ काम गर्न छाडेका थिए। बेलायती युवती भिक्टोरियाको गाउँमा काम गर्न गइन् र पछि सिड्नी फर्किइन्।
हत्याको यो कान्डपछि अचम्मित उनका पूर्व सहकर्मीहरु पैसाकै अभावले ब्राजिलमा तनाव भएको स्वीकार्छन्।

'एउटा अनौठो सत्य के हो भने उ जतिखेर पनि पैसा खोजिरहेको हुन्थ्यो,' एक पूर्व सहकर्मीले भने, 'उनी दुई महिना वेट्रेसका रुपमा काम गरेकी थिइन्। त्यतिखेर ब्राजिल सेफ थियो। उनी साह्रै हस्यौली, आत्मविश्वासले भरिएकी र प्यारी थिइन्।'

गुरुङले अमेलियालाई मारेर आत्महत्या गरेकोमा प्रहरी पूर्ण विश्वस्त छ। फ्ल्याटका धनीले नै यी दुईको शव देखेका थिए।
 
बेलायती विदेश नियगमार्फत् अमेलियाका विचलित अभिभावकले गत साता एउटा वक्तव्य जारी गरे।

'हामी हाम्री प्यारी छोरी र बहिनीको अप्रत्यासित दुखद् निधनबाट स्तब्ध भएका छौं र उनलाई चिन्ने सबैले मिस गर्नेछन्,' उनीहरुले भनेका छन्।

घटनालाई गोप्य राखिदिन उनीहरुले आग्रहसमेत गरेका थिए।
(डेलीमेलबाट)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell