PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

सूर्य नेपाल एनपिजिए म्याच प्ले : शीर्ष वरीयताका खेलाडीहरु विजयी



पहिलोपोस्ट

सूर्य नेपाल एनपिजिए म्याच प्ले : शीर्ष वरीयताका खेलाडीहरु विजयी
नेपाल नम्वर वान प्रो शिवराम श्रेष्ठ

काठमाडौं : सूर्य नेपाल एनपिजिए म्याच प्ले गल्फ प्रतियोगितामा शीर्ष वरीयताका खेलाडीहरुले पहिलो दिन जित हात पारेका छन्।

मंगलबारदेखि पार-६८ रोएल नेपाल गल्फ क्बलमा सुरु भएको प्रतियोगितामा नम्वर वान प्रो शिवराम श्रेष्ठसँगै जयराम श्रेष्ठ, रवि खड्का, सूर्य प्रसाद शर्मा, यलम्बर सिंह अधिकारी, भुवन नगरकोटी, रामे मगर र सन्जय लामा पहिलो चरणको खेल जित्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

सूर्य नेपाल गल्फ टूर २०१७-१८ अन्तर्गत वर्षको पाँचौ इभन्टमा उत्कृष्ट १६ गल्फरले सहभागिता जनाएका थिए।

पहिलो दिन नम्वर वान प्रो शिवरामले ठूलो जित हात पारे। उनले १६औँ वरीयताका राम कृष्ण श्रेष्ठलाई ६ होल बाँकी रहदै पराजित गरे।

यस्तै दोस्रो वरीयताका सन्जयले १५औँ वरीयताका प्रदिप कुमार लामालाई, तेस्रो वरीयताका भुवन नगरकोटीले१४औँ वरीयताका कृष्ण मान राजवाहक तथा चौथो वरीयताका रविले १३औँ वरीयताका पशुपती शर्मालाई पराजित गरे।

पाँचौ वरीयताका सूर्य प्रसादले १२औँ वरीयताका विकास अधिकारीलाई हराउँदा छैटौँ वरीयताका धन बहादुर थापा भने ११औँ वरीयताका यलम्बरसँग पराजित भए।

सातौँ वरीयतामा रामे मगरले आफ्नै दाजु दिपक थापा मगरलाई हराउदै आठौँ वरीयताका जयरामले नवौँ वरीयताका बल बहादुर राईलाई पराजित गरे।

अब बुधबार हुने क्वाटरफाइनलमा म्याचमा शिवरामलेले आफ्नै दाजु जयरामसँग खेल्नेछन् भने सन्जयले रामे मगरसँग प्रतिस्पर्धा गर्नेछन्। यस्तै भुवन नगरकोटी र यलम्बर अधिकारी तथा सूर्य प्रसाद र रवि बीच अन्य क्वाटरफाइनल खेल हुनेछ। बुधबारै सेमिफाइनल खेल पनि हुनेछ भने फाइद्दल र तेस्रो स्थानको खेल बिहीबार हुनेछ।

नेपाल प्रोफेसनल गल्फर एसोसिएसन एनपिजिएद्वारा आयोजित तथा सूर्य नेपाल प्रालीको मुख्य प्रायोजनमा भइरहेको ३ दिने प्रतियोगिताको विजेताले नगद ७० हजार हात पार्नेछन्। यस्तै दोस्रो देखि चौथो हुनेले क्रमश: ४० हजार, २८ हजार र २० हजार प्राप्त गर्नेछन्।

यस्तै क्वाटरफाइनलमा पराजित हुनेले ११-११ हजार हात पार्नेछन् भने पहिलो चरणमा पराजित हुनेले समान ६ हजार पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell