PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

चीनको अपार्टमेन्टमा आगो, झोसिएर ४ को मृत्यु



रासस

सिआन : चीनको सान्सी प्रान्तमा रहेको एक ‘अपार्टमेन्ट’ भवनमा मङ्गलबार बिहान भएको आगलागीमा परी चार व्यक्तिको मृत्यु भएको छ। 

स्थानीय समयाअनुसार मङ्गलबार बिहान सबेरै १:३० बजे भएको यस आगलागीमा परी अन्य १३ जना घाइते भएका थिए। 

प्रान्तीय राजधानी सियानको यान्टा जिल्लामा रहेको पाँच तले यस भवनमा अझै पनि १९ व्यक्ति फसेर रहेको अनुमान अग्नि नियन्त्रकले गरेका छन्।

यस अपार्टमेन्ट भवन आगलागीमा फसेका चार जनाको शव क्रेनले तानेर निकालिएको बताइएको छ। त्यसैगरी अन्य १५ जनाको जीवितै उद्धार गरिएको र दुई व्यक्ति गम्भीर घाइते भएका छन्।

एघार जना सामान्य घाइते भएका र अन्य दुई जना भने सकुशल रहेका पनि बताइएको छ।

पहिलो तलामा विद्युतीय लाइनमा आएको खरावीका कारण सो आगलागी भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell