PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

गौचन हत्यामा आरोपित ९ जनालाई जेल चलान



पहिलोपोस्ट

गौचन हत्यामा आरोपित ९ जनालाई जेल चलान

काठमाडौं : नेपाल निर्माण ब्यवसायी महास‌घका अध्यक्ष शरदकुमार गौचनको हत्यामा स‌लग्न भएको आरोपमा मुख्य योजनाकार समिरमानसिंह बस्नेतसहित नौ जनालाई जेल चलान गरिएको छ।

नौ दिन लामो थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश बाबुकाजी बानियाँको इजलाशले आदेश सुनाएको प्रवक्ता कृष्ण नेपालले जानकारी दिए। राजीव स्याङतान, शिवजी महतो, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ र प्रकाश बुढाथोकी, वसन्त थेवे र धनराज योङहाङलाई जेल चलान गरिएको हो।

केन्द्रीय अनुसन्धान व्यूरोले सोमवार रातिमात्र  फरार अभियुक्त श्याम लामा गुम्वेलाई पक्राउ गरेको छ। गौचनको घटना जोडिएका दुई जनालाई धरौटीमा छुटेको छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell