
काठमाडौं : नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि आवश्यक उम्मेद्वारको अन्तिम नामावली टुङ्गो लगाएको छ। केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको बैठकले सातै प्रदेशमा उम्मेद्वार छिनोफानो गरेको हो।
राष्ट्रिय सभाको उम्मेद्वारमा रामबहादुर थापा बादलदेखि दीननाथ शर्मा लगायत १४ जनाको नाम रहेको छ। प्रदेश नम्बर १ मा विना पोख्रेल, २ मा शशीकला दाहाल, ३ मा गंगा पराजुली र रामबहादुर थापा बदाल, ४ मा दीननाथ शर्मा र खिमकुमारी विक, ५ मा रामकुमार कुँवर र चन्द्रबहादुर खड्का, ६ मा जीवन बुढा, युटुल लामा र कालीबहादुर मल्ल र ७ मा लालीराम लोहार, हरिराम चौधरीको नाम रहेको छ।