PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

फिल्म 'कान्छी'को प्रचार सामाग्री रिलिज, पोस्टर र ट्रेलरमा दयाहाङ- श्वेताको प्रेम



पहिलोपोस्ट

फिल्म 'कान्छी'को प्रचार सामाग्री रिलिज, पोस्टर र ट्रेलरमा दयाहाङ- श्वेताको प्रेम

काठमाडौं: फिल्म 'कान्छी'को ट्रेलर तथा पोस्टर रिलिज भएको छ। फागुन ४ गते रिलिज टार्गेट गरेको फिल्म युनिटले मङ्गलबार कार्यक्रम आयोजना गरी प्रचारका लागि तीन पोस्टर साथै युट्युबमार्फत ट्रेलर रिलिज गरेको हो।

सार्वजनिक पोस्टरहरुमा अभिनेत्री तथा निर्माता श्वेता खड्का र दयाहाङ राईको फिल्मी लुक्स देख्न सकिन्छ भने ट्रेलरमा फिल्मको थिम। सोसियल ड्रामाले प्रेमसाथै ग्रामिण परिवेशको अन्य कथा भन्छ।

यम थापाको कथामा बनेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन्। शम्भुजित बास्कोटा, अर्जुन पोखरेल, राजनराज सिवाकोटीको संगीत, वसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको छ। अन्य कलाकर अनु शाह, भूमिका श्रेष्ठ, कामेश्वर चौरासिया, आशान्त शर्मा, प्रज्वल सुजल गिरी लगायतको अभिनय देख्न सकिन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell