PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

अलस्कामा ८.२ म्याग्नेच्युडको भूकम्प, सुनामीको वार्निङ



पहिलोपोस्ट

अलस्कामा ८.२ म्याग्नेच्युडको भूकम्प, सुनामीको वार्निङ

अलास्कामा मंगलबार ८.२ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ। भूकम्पसँगै सुनामी आउन सक्ने भन्दै गल्फ अफ अलास्काबाट मानिसहरुलाई बाहिरिन सूचना जारी गरिएको छ।

चिनिकभन्दा २ सय ५६ किलोमिटर दक्षिणपूर्वलाई केन्द्र बनाएर भूकम्प गएको युएस जिओलोजिकल सर्वेले जनाएको छ। 

'तपाईँहरु समुन्द्री तटीय क्षेत्रमा हुनुहुन्छ भने उचाइको स्थानतिर जानुहोला,' अलस्का र ब्रिटिस कोलम्बियामा आपतकालीन व्यवस्थापन कार्यालयको बताएको छ। 

अलास्का र क्यानडाका भागहरुमा सुनामी आउने चेतावनी दिइएको हो। अमेरिकाको वेस्ट कोस्ट र हवाइमा पनि सुनामीको असर पर्ने बताइएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell