
काठमाडौं: नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसिएल नेपालले पर्साको वीरगञ्ज महानगरपालिका १ छपकैयामा भारतले मिचेको नेपाली भूमिमा नेपालको राष्ट्रिय झण्डा गाडेको छ।
छपकैयामा भारतले ५० बिघा जमिन भारतले मिचेको खबर बाहिरिएपछि वाइसिएल केन्द्रीय समितिको कमाण्डमा करिब एक सय जनाको टोली निरिक्षणका लागि छपकैया पुगेका थिए।
भारतले मिचेको भनिएको नेपाली भुमि निरिक्षण गर्दै वाईसिएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले आफ्नो भूमि रक्षाका लागि आफुहरु सिमानामा उभिन तयार रहेको बताए।
उनले ४ कठ्ठा आफ्नो जमिन मिचेको बताउने रवीन्द्र महातोलाई साथ लगेर राष्ट्रिय झण्डा गाडेको बताए। महतोका अनुसार उक्त क्षेत्रमा करिब ५० बिघा जग्गा मिचेको छ।
मिचिएको नेपालको भूमी भारतले फिर्ता नगरे त्यस क्षेत्रमा वासिएलले क्याम्प नै खडा गर्ने वाईसिएल अध्यक्ष दीपशिखाले बताए।