
काठमाडौं : नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि चारवटा प्रदेशबाट उम्मेदवार तय गरेको छ। प्रदेश १,२,३ र ४ का उम्मेदवार आज तय भएको हो। यसअघि ५,६ र ७ नम्बर प्रदेशमा एमालेले उम्मेदवार चयन गरिसकेको छ।
आज पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको स्थायी कमिटीको बैठकले बाँकी रहेका प्रदेशका उम्मेदवार तय गरेको हो। साथै स्थायी कमिटीको ९६ औं बैठक समेत पूरा भएको पार्टीले जनाएको छ।
एमालेले प्रदेश नम्बर १ बाट ५ जना उम्मेदवार तय गरेको छ। मोरङबाट दुई तथा झापा, संखुवासभा र इलामका एक/एक उम्मेदवारलाई राष्ट्रसभामा उठाउने भएको हो।
प्रदेश नम्बर २ मा भने सुमन प्याकुरेल उम्मेदवार हुने भएका छन्। यो प्रदेशबाट अन्य कोही पनि एमालेको सूचीमा परेका छैनन्।
हेर्नुस् कुन प्रदेशबाट को उम्मेदवार हुँदैछन्:
प्रदेश नं १
१. नैनकला ओझा (महिला), मोरङ
२. खेम नेपाली ( दलित), मोरङ
३. हरिचरण सिवाकोटी (खुला), झापा
४. परशुमेघी गुरुङ (खुला), संखुवासभा
५. अगम बान्तवा (अल्पसंख्यक), इलाम
प्रदेश नं २
१. सुमन प्याकुरेल (खुला), सप्तरी
प्रदेश नं ३
१. पार्वती रावल (महिला), चितवन
२. उदया शर्मा ( महिला), काठमाडौं
३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक
४. वलराम बाँस्कोटा (खुला), काठमाडौं
५. बेदुराम भुसाल (खुला) ,काठमाडौं
६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर
प्रदेश नं ४
१. रामबहादुर थापा (अपांगता), स्याङ्जा
२. गणेश तिमिल्सिना (खुला), पर्वत
३. शान्ति अधिकारी (महिला), बाग्लुङ
४. दीपा गुरुङ (महिला), लमजुङ