PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

राजपा र फोरमले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग गर्‍यो तालमेलको सहमति



बीपी साह

राजपा र फोरमले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग गर्‍यो तालमेलको सहमति

काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश २ मा राष्ट्रिय जनता पार्टी(राजपा)नेपाल र संघीय समाजवादी फोरमले नेपाली कांग्रेससँग चुनावी तालमेल गर्ने भएको छ।

मंगलबार साँझ बालुवाटारमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, राजपाका नेता र फोरमका नेताबीचको भेटमा उक्त सहमति भएको हो।

प्रदेश नम्बर २ मा राजपाले २ सिट, फोरमले २ सिट र कांग्रेसले २ सिटमा सहमति गरेको राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले जानकारी दिए। 

प्रदेश २ मा ८ सिट रहेकोमा २ सिटबारे पछि निर्णय गर्ने सहमति उक्त भेटमा भएको उनले जनाए।

सोमबारबाट बसेको मधेशवादी दुइ दलले वाम गठबन्धनसँग तालमेल गर्ने कि कांग्रेससँग भन्ने विषयमा लामो बहस गरेका थिए।

बैठकमा धेरैजसो सदस्यले वाम गठबन्धनसँग जानुपर्ने सुझाव दिएपनि एमालेसँग कुरा नमिलेकोले कांग्रेससँग नजिकिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell