
पलिग लिडर म्यानचेष्टर सिटी ब्रिस्टोल सिटीलाई समग्रमा ५-३ ले पराजित गरदै इएफएल (लिग कप) को फाइनलमा प्रवेश गरेको छ।
पहिलो लेगमा २-१ को जित हात पारेको सिटीले दोस्रो लेगमा ब्रिस्टोललाई उसैको मैदानमा ३-२ ले हरायो। सिटीका लागि लरेय साने, सर्जियो अगुएरो र केभिन डे ब्रुएनाले गोल गरे। उता ब्रिस्टोलका लागि मार्लोन प्याक र एडेन फ्लिन्टले एक एक गोल गरे।
सिटीले अब उपाधिका लागि चेल्सी र आर्सनलको विजेतासँग खेल्नेछ। पहिलो लेग गोलरहित बराबरी खेलेको यी दुईबीचको दोस्रो लेग आज राती हुँदैछ।