PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मनोनयन



पहिलोपोस्ट

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मनोनयन

काठमाडौँः राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज उम्मेदवारको मनोनयन हुँदैछ। सातै प्रदेशमा उच्च अदालत रहेको स्थानमा उम्मेदवारको मनोनयन हुनेछ। बिहान १० बजेबाट अपराह्न ४ बजेसम्म मनोनयन हुनेछ। राजनीतिक दलहरुले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम टुङ्गो लगाइसकेका छन्।

माघ २४ गतेका लागि तय भएको निर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयनको समय तोकेको हो। निर्वाचनमा भाग लिन २१ दलले औपचारिक रुपमा आयोगमा दल दर्ता गरेका छन्।

कूल ५९ सदस्यीय राष्ट्रियसभामा ५६ सिटका लागि निर्वाचन हुनेछ। तीन स्थान मनोनयनबाट पदपूर्ति हुनेछ।

५६ सिटमध्ये प्रत्येक प्रदेशबाट ८ जनाका दरले निर्वाचित हुनेछन्। एकल संक्रमणीय निर्वाचन पद्दति अपनाइएका कारण दलहरुले जित निश्चित भएको स्थानका उम्मेदवारलाई बढी प्राथमिकता दिएका छन्।

राष्ट्रियसभामा पनि घोषित रुपमा गठवन्धन गरिएको छ। वाम गठबन्धनले ४३ सिटमा उम्मेदवारी तय गरेको छ। प्रदेश २ को ८ सिटमध्ये वाम गठबन्धनले २ सिटमा मात्र उम्मेदवारी दिने भएका छन्।

प्रदेश २ मा नेपाली कांग्रेससँग राष्ट्रिय जनता पार्टी र मधेशी जनअधिकार फोरमले तालमेल गरेका छन्। वाम गठबन्धनसँग तालमेलको तयारी भए पनि अन्तिम समयमा उनीहरुले कांग्रेससँग तालमेलको निर्णय गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell