काठमाडौँः नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश २ बाहेक अन्यमा उम्मेदवार तय गरेको छ। राजपा र फोरमसँगको तालमेलका कारण प्रदेश २ मा दुई सिटमात्र पाएको कांग्रेसले अनौपचारिक रुपमा भने नाम प्रस्तावित गरेको छ। तर, औपचारिक निर्णय नभएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
जितको अवस्था हेरेर कांग्रेसले उम्मेदवार तय गरेको छ। ५६ सिटका लागि हुने निर्वाचनमा तालमेलपछि कांग्रेसले ६ सिट राजपा तथा फोरमलाई छाडे पनि अन्य सवै क्षेत्रमा एकल उम्मेदवार उठाउने अवस्था थियो। तर, वाम गठबन्धनको बहुमत भएका क्षेत्रहरुका आधामात्र उम्मेदवार कांग्रेसले तय गरेको हो।
यी हुन् उम्मेदवार
प्रदेश १
रमेशजंग रायमाझी –खुला
सरिता प्रसाईँ –महिला
विनकुमार विश्वकर्मा –दलित
अल्पसंख्यकबाट बाँकी
प्रदेश २
जीतेन्द्र देव
मुख्तादेवी यादव
रापजासँगको तालमेलपछि औपचारिक निर्णय हुन बाँकी।
प्रदेश ३
राधेश्याम अधिकारी खुला
धना खतिवडा महिला
मदनकृष्ण श्रेष्ठ अपाङ्गता
हरिशरण नेपाली दलित
प्रदेश ४
सुरेन्द्रराज पाण्डे खुला
बृन्दा रानामगर महिला
जीतबहादुर नेपाली दलित
प्रकाश पन्त अपाङ्गता
प्रदेश ५
दुर्गाप्रसाद उपाध्याय खुला
अनिता देवकोटा महिला
मैकुलाल वाल्मिकी दलित
लटुबहादुर खत्री दलित
प्रदेश ६
विष्णुबहादुर शाही खुला
सूर्यदेवी मल्ल महिला
सीताराम विक दलित
गोपालप्रसाद शर्मा अपाङ्ता
प्रदेश ७
बद्री पाण्डे खुला
तारादेवी भट्ट महिला
शेरीराम पार्की दलित
छत्रराम जोशी अपाङ्गता