PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

परिवारका सदस्य नियन्त्रणमा लिएर १४ लाख बराबरको डकैती



पहिलोपोस्ट

परिवारका सदस्य नियन्त्रणमा लिएर १४ लाख बराबरको डकैती
प्रतीकात्कम तस्वीर

काठमाडौं: भक्तपुरको सिपाडोलमा मंगलबार राति एक घरबाट १४ लाख रुपैयाँ बराबरको डकैती भएको छ।

स्थानीय मनहरि बस्नेतको घरमा भाडामा बस्दै आएका काभ्रे ज्याम्दी गाँउपालिका ९ का रामबहादुर तामाङको कोठामा डाका समूह पसेर हतियार देखाई १४ लाख रुपैयाँ बराबरको धनमाल लुटिएको प्रहरीले जनाएको छ।

कुखुरापालन व्यवसाय गर्दै आएका तामाङको घरमा करिव ८ बजेतिर डाका समूह आएर ९ थान मोबाइल, १८ तोला सुन तथा पार्किङमा राखिएको मोटरसाइकल समेत लुटेको प्रहरीले जनाएको छ। डाका समूहले धारिलो हतियार देखाएर परिवारका सदस्यलाई नियन्त्रणमा हात खुट्टा बाँधेर लुटपाट गरेको प्रहरीको भनाई छ। लुटेरा समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell